नेपालमा २ हजार ६२४ कोरोना संक्रमित थपिए, २० जनाको मृत्यु

नेपालमा २ हजार ६२४ कोरोना संक्रमित थपिए, २० जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ६२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ८ हजार ६६७ जनाको पीसीआर परीक्षणमा १ हजार ९४७ र ४ हजार ९०६ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ६७७ जनामा कोरोना पुष्टि भएको छ ।

योसहित नेपालमा कुल संक्रमितको संख्या ८ लाख ५ हजार १९० पुगेको छ । जसमा पीसीआर परीक्षणबाट पोजेटिभ देखिएकाको संख्या ७ लाख ३० हजार ४७९ रहेको छ । पछिल्लो २४ घण्टामा १ हजार ३२० जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर ३९ हजार ४०५ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी नेपालमा थप २० कोरोना संक्रमितको मृत्यु भएको छ । मन्त्रालयले दिएको जानकारी अनुसार आजसम्म नेपाल १० हजार २५९ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।