तपाई रिलेशनशीपमा हुनुहुन्छ ? यी कुरामा ध्यान दिनूस्

तपाई रिलेशनशीपमा हुनुहुन्छ ? यी कुरामा ध्यान दिनूस्

पछिल्लो समय आधुनिक प्रविधिकाे विकाश भएसँगै मानिसहरुमा सामाजिक सञ्जालको प्रभाव बढ्दै गइरहेको छ । सामाजिक सञ्जालको क्रेज यस्तो छ कि मानिसहरुले आफ्नो साथी नै भुलेर धेरैजस्तो समय विभिन्न किसिमका पोस्ट शेयर गर्नमा नै व्यस्त रहन्छन् ।

आफ्ना व्यक्तिगत जीवनसँग सम्बन्धीत र सम्बन्धसँग जोडिएका विविध कुराहरु सामाजिक सञ्जालमा शेयर गर्नु कत्तिको उचित हुन्छ त ? व्यक्तिगत जीवनसँग सम्बन्धीत कुराहरु सामाजिक सञ्जालमा पोस्ट वा शेयर गर्दा यसले मानिसको जीवनमा पार्ने प्रभाव निकै नराम्रो हुन सक्छ ।

के सही वा के गलत हो त्यसलाई पहिचान गरेर मात्रै सामाजिक सञ्जालमा शेयर गर्न आवश्यक छ । सम्बन्ध र व्यक्तिगत जीवनसँग मेल खाने के–के कुरा सामाजिक सञ्जालमा शेयर गर्नु हुँदैन ?

झै–झगडा- सामान्य वादविवाद वा झगडा हरेक सम्बन्धमा हुन्छ र यसलाई सामान्य नै मानिन्छ । तर त्यही झगडाको विषयमा सामाजिक सञ्जालमा लेख्नु वा देखाउनु एकदमै गलत कुरा हो । यसले आपसी झगडा झन् बढाउँछ । यसका साथै त्यसले तपाईंको पार्टनरको आत्मसम्मानमा चोट पुग्न सक्छ 

महंगो उपहार

तपाईंको पार्टनरले तपाईंलाई दिएको उपहारको बारेमा सामाजिक सञ्जालमा देखाउनु गलत हो । उपहारहरु सामाजिक सञ्जालमा शेयर गर्दा पार्टनरको साथ साथै अरुको नजरमा नराम्रो भावना पैदा हुनसक्छ ।

व्यक्तिगत फोटो 

आफ्नो पार्टनरसँग लिएका व्यक्तिगत तस्बिरहरु सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदैन । यसले विभिन्न समस्या पैदा गर्न सक्छन् । 

घुम्न जाने ठाउँको जानकारी 

यदि छुट्टिमा कतै घुम्न जाँदै हुनुहुन्छ भने त्यो कुरा सामाजिक सञ्जालमा नदेखाउनुहोस् । 

ब्रेकअप

ब्रेकअप भएको छ भने पनि त्यसलाई सामाजिक सञ्जालमा पोस्ट नगर्ने । त्यसले तपाईंलाई मानिसले हेर्ने दृष्टिकोण नराम्रो हुनसक्छ । र पछि पुन सम्बन्धमा सुधार आउने सम्भावना पनि कम हुँदै जान्छ ।