कैलालीमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

कैलालीमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

धनगढी । कैलालीमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जिल्लाको लम्कीचुहा नगरपालिका-६ मा स्कुटर दुर्घटना हुँदा चालक सोही ठाउँका १९ वर्षीय गोपाल चौधरीको मृत्यु भएको हो ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार सु.प.प्र ००१-००८ प १७८० नम्बरको स्कुटर अनियन्त्रित भई शनिबार राति साढे १० बजे दुर्घटना भएको हो।

दुर्घटनाबाट गम्भीर घाइते भएका चौधरीको लम्कीचुहा अस्पतालमा उपचारका क्रममा हिजो राति नै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको बताईएको छ ।