हिमाचल प्रदेशमा पहिरो: २३ जनाको मृत्यु

हिमाचल प्रदेशमा पहिरो: २३ जनाको मृत्यु

हिमाचल प्रदेशमा पहिरोमा परी मर्नेहरूको संख्या २३ पुगेको छ । 

उद्धारकर्मीहरूले चाैथाे दिन थप ६ शव फेला पारेसँगै पहिराेमा परी मर्नेहरूकाे संख्या २३ पुगेकाे हाे । 

हिमाचल प्रदेशकाे किन्नाेर जिल्लामा गत बुधबार पहिराे खस्दा ट्रक,बस लगायतका अन्य साना गाडी पनि पुरिएका थिए ।  

अझै पनि ९ जना बेपत्ता भएकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बेपत्ता भएकाहरूकाे खाेजी जारी नै छ।

हिमाञ्चल प्रदेशमा पछिल्लो डेढ महिनामै ३५ जनाभन्दा धेरै मानिसको पहिरोमा परी मृत्यु भइसकेको छ ।