माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज पनि, दाहालको प्रस्तावमा छलफल हुने

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज पनि, दाहालको प्रस्तावमा छलफल हुने

नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ । शनिबार शुरू भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।

आजको बैठकमा दाहालको उक्त प्रस्तावमा केन्द्रीय सदस्यहरुले समूहगत सुझाव दिँदैछन् । केन्द्रीय सदस्यहरुको सुझावलाई समेटेर दाहालको प्रतिवेदन पास गर्ने बैठकको तयारी छ ।

दाहालले आगामी पुस ११ देखि राष्ट्रिय सम्मेलन आयोजना गर्ने अध्यक्ष प्रस्ताव गरेका छन् भने आगामी निर्वाचनसम्म नै अहिलेको ५ दलीय गठबन्धन कायम राख्नुपर्ने विषय प्रतिवेदनमा समेटेका छन् ।

केन्द्रीय कमिटी बैठकअघि अहिले स्थायी समिति बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी स्थायी समिति बैठकमा नेताहरुको कार्यविभाजन लगायतका विषयमा छलफल भइरहेको छ  ।