आज यी नदीमा आउन सक्छ बाढी, सतर्कता अपनाउन आग्रह

आज यी नदीमा आउन सक्छ बाढी, सतर्कता अपनाउन आग्रह

आज देशका केही नदी तथा खोलामा बाढी आउने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

कमला, वाग्मती, पूर्वी राप्ती, तिनाउ, पश्चिम राप्ती, बबईलगायत मझौला नदीहरुमा आज पानीको बहाव बढ्ने र केहीमा सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान रहेको बाढी पूर्वानुमान महाशाखाले सूचनामार्फत् जनाएको हो ।