देशका सातमध्ये चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

देशका सातमध्ये चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले आज देशका सातमध्ये चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको बताएको छ।भारी वर्षाको सम्भावना रहेका चार प्रदेशमा प्रदेश–१, बागमती, गण्डकी र लुम्बिनी प्रदेश छन्।

भारी वर्षाको सम्भावना रहेका पहाडी भू–भागमा भू–क्षय, पहिरोको जोखिम रहने महाशाखाले जनाएको छ। हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। प्रदेश–२, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।