बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्दै

बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्दै

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान १० बजे बैठक बस्न लागेको हो।

बैठकमा समसामयिक राजनीतिक विषयमाथि छलफल हुने बालुवाटार श्रोतले जानकारी दिएको छ। यसबाहेक अफगानिस्तानमा रहेका नेपालीहरुको उद्दार गर्ने विषयमा पनि केही निर्णय हुन सक्ने अनुमान गरिएको छ।

तालिबान लडाकुले अफगानिस्तानमा कब्जा गरेपछि त्यहाँ रहेका नेपालीहरुको उद्दार गर्न विपक्षी नेताहरुले माग गर्दै आएका छन्।