कैलाली प्रहरीद्धारा ''तपाईंको मास्क खोई ?'' भन्दैं सोमबार शिवपुरी धाममा मास्क वितरण

कैलाली प्रहरीद्धारा ''तपाईंको मास्क खोई ?'' भन्दैं सोमबार शिवपुरी धाममा मास्क वितरण

धनगढी । “नेपाल मास्क अभियान” लाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न कैलाली प्रहरीले निरन्तर रुपमा दैनिक मास्क वितरण गरिरहेको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्न सरकारले लागु गरेको “नेपाल मास्क अभियान” अन्र्तगत कैलाली प्रहरीले सर्वसाधारणलाई मास्क वितरण गर्न थालेको हो ।

''तपाईंको मास्क खोई ?'' भन्दैं सडकमा आवतजावत गर्ने सवारी साधन चालक र पैदल यात्रुहरुलाई दैनिक मास्क वितरण कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । सोमबार वर्तालु तथा दर्शनार्थीहरुको भीडभाड हुने शिवपुरी धाममा जिल्ला प्रहरी कार्यालय कैलालीको आयोजना तथा सामुदायीक प्रहरी सेवा केन्द्र हसनपुर लगायत स्थानीय क्लबको सहभागितामा मास्क वितरण गएको छ । 

यस्तै धनगढी उपमहानगरपालिकाको वडा नम्बर ५  पिपल चौतारा लगायतका स्थानमा मास्क नलगाई आवत-जातव गर्ने सर्वसाधारणहरु लाई मास्क वितरण गरी सम्झाई बुझाई गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

May be an image of 1 person, standing and outdoorsMay be an image of 1 person, standing, outdoors and treeMay be an image of 1 person, standing and outdoorsMay be an image of 4 people, people standing and outdoorsMay be an image of 2 people and outdoorsMay be an image of 3 people, people standing and outdoors