भरतपुरमा एक वेवारिसे लास फेला

भरतपुरमा एक वेवारिसे लास फेला

भरतपुरमा एक पुरुषको वेवारिसे लास फेला परेको छ । सोमबार बिहान १ः१५ बजेको समयमा भरतपुर महानगरपालिका वडा नं. ३ लायन्सचोक नजिक ज्योति विकास बैंकको अगाडि सडक पेटीमा रहेको चौतारीमा एक पुरुषको बेवारिसे लास फेला परेको प्रहरीले जनाएको हाे ।

प्रहरीका अनुसार भेटिएको लास अन्दाजी २७/२८ वर्षका राजु मगर भनी चिनिने यकिन नाम थर र ठेगाना नखुलेको सडकमा मागी खाई हिडडुल गर्ने ब्यक्ति रहेको जनाएको छ । ति पुरुष विगत १२-१३ दिनदेखि ज्वरो खोकीले ग्रस्त रहेको उनी नजिक संगै हिँड्ने व्यक्तिबाट खुल्न आएको प्रहरीले जनाएको छ । हाल उक्त लासलाइ भरतपुर अस्पतालको शव गृहमा रहेको छ ।