कञ्चनपुरबाट लागुऔषधसहित २ जना पक्राउ

कञ्चनपुरबाट लागुऔषधसहित २ जना पक्राउ

कञ्चनपुर । कञ्चनपुरमा लागुऔषधसहित २ जना पक्राउ परेका छन्। सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुर मातहत बिओपी भुडाबाट सशस्त्र प्रहरी निरीक्षक टेकराज पन्तको कमाण्डमा खटिएको टोलीले २ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा जिल्लाको बेलडाँडी गाउँपालिका सिमलडाँडी बस्ने अन्दाजी १९ वर्षिया बिशाल चौधरी र भिमदत्त नगरपालिका ६ का १८ वर्षिया सुमित डगौरा रहेको गणले जनाएको छ।

दुवै जनालाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा बुझाएको बताईएको छ।