'ओल्के' पर्वको अवसरमा मन्त्री जोशीद्धारा सम्पुर्ण प्रदेशवासीलाई शुभकामना व्यक्त

'ओल्के' पर्वको अवसरमा मन्त्री जोशीद्धारा सम्पुर्ण प्रदेशवासीलाई शुभकामना व्यक्त

धनगढी । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले सुदूरपश्चिमको मौलिक पर्व 'ओल्के' का अवसरमा सम्पूर्णमा शुभकामना व्यक्त गर्नु भएको छ ।

मन्त्री जोशीले आज एक विज्ञप्ति जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सबै बुवाआमा, दाजुभाइ, दिदीबहिनीहरुमा मंगलमय शुभकामना व्यक्त गर्नु भएको हो । सुदूरपश्चिमेलीहरुको मौलिक पर्व ओल्के सक्रान्ति आज परम्परागत रुपमा मनाईदैंछ ।

यसै अवसरमा मन्त्री जोशीले सुदूरपश्चिम सम्पूर्ण प्रदेशवासीलाई शुभकामना ब्यक्त गरेकी हुन । यो पर्व बर्षायाममा विविध प्रकारका रोगब्याधीबाट बाँचेको खुशी र खेतीपातीको कामकाज फुर्सद पाएको समय पारेर श्रावण महिनाको मसान्त र भाद्र महिनाको पहिलो दिन मनाइन्छ ।

Purna Joshi