‘निर्मलालाई न्याय दे’ भन्दै मुख्यमन्त्री कार्यालय अगाडि सावित्री सुवेदीको मौन प्रर्दशन

‘निर्मलालाई न्याय दे’ भन्दै मुख्यमन्त्री कार्यालय अगाडि सावित्री सुवेदीको मौन प्रर्दशन

धनगढी । बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तका दोषीलाई कारबाहीको माग गर्दै महिला अधिकारकर्मी सावित्री सुवेदीले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गरेकी छिन् । तीन बर्ष सम्म निर्मला घटनामा सरकारले कुनै चासो नदेखाएको भन्दै छिटोभन्दा छिटो दोषीलाई कानुनी कठघरामा ल्याउन माग गरिन् ।

निर्मलाको हत्या भएको बर्षौ पुग्दा पनि सरकार मुख दर्शक बनेर बसेको उनले बताईन् । ‘निर्मलालाई न्याय दे’ ,’मेरो शरीर मेरो अधिकार’का प्ले कार्ड सहित सुवेदीले मुख्यमन्त्री कार्यालय अगाडि शरिरमा कालो कपडा लगाएर प्रदर्शन गरेकी हुन् ।

‘सरकार अहिले कानमा तेल हालेर बसेको छ’ उनले भनिन, ‘जब सम्म निर्मलाले न्याय पाउदैन तब सम्म हाम्रो आन्दोलन जारी रहने छ ।’ सरकारले बलात्कारीलाई फाँसी दिने कानून बनाउनु पर्ने र कानून नबनाएसम्म महिलाहरु चुप नबस्ने उनको भनाई थियो। निर्मलाको २०७५ साउन १० मा बलात्कारपछि हत्या भएको थियो । त्यसको भोलिपल्ट उखुबारीमा उनको शव भेटिएको थियो ।