एक घर एक धारा कार्यक्रमले छविसपाथीभेराको थलारा गाँउमा ल्यायो खुशी

एक घर एक धारा कार्यक्रमले छविसपाथीभेराको थलारा गाँउमा ल्यायो खुशी

बझाङ । बझाङको छविसपाथीभेरा गााउपालिका वडा नं ५ थलारामा स्वच्छ पिउने पानी पाए पछि स्थानिय हर्षित भएका छन । छविसपाथीभेरा गाँउपालिका स्तरिय ग्रामिण जलस्रोत व्यवस्थापन परियोजनाले थलारामा परिमेला तिल्याला खानेपानी तथा सरसफाई योजना निमार्ण सम्पन्न भएसंग स्थानियलाई राहात भएको छ ।

घरघरमा पानीका धारा भएपछि गाउँमा सरसफाइको क्षेत्रमा मात्रै नभई व्यावसायिक तरकारी खेती गर्नेहरूको लागी पनि सहज भएको छ । नेपाल सरकारको सहकार्यमा ग्रामिण जलस्रोत व्यवस्थापन परियोजना र सामाजिक तथा प्राविधिक विकास सेवा समुह बझाङको प्राविधिक सहयोगमा एक घर एक धारा कार्यक्रम अन्र्तगत योजना सम्पन्न भई गाँउमा खानेपानी पुगेको छविसपाथीभेरा गाँउपालिकाका ग्रामणि जलस्रोत व्यवस्थापन परियोजनाका जलस्रोत अधिकृत भेषराज उपाध्यायले बताए ।

उपाध्यायका अनुसार १ सय ५१ घरधुरी रहेको थलारा गाँका सबै घरमा निजी धारा निमार्ण भएका छन । योजना अन्र्तगत थलारा मा.वि, वर्थिङ सेन्टरमा गरी ३ वटा संस्थागत धारा पनि निमार्ण गरिएका छन । एक घर एक धारा कार्यक्रम सम्पन्न भए संगै सोमबार एक कार्यक्रमका विच थलारा गाँउमा रहेको थलारा मा.वि लाई नमुना विद्यालय घोषणा गरिएको छ ।

तीनतारा नमुना विद्यालय हाम्रो सान, विध्यार्थी शिक्षक र अभिभावक सबैको स्वाभिमान भन्ने नाराका साथ विद्यालय खानेपानी सरसफाई तथा स्वच्छता सुविधायुक्त तीनतारा नमुना विद्यालय घोषणा गरिएको हो । विद्यालयमा विध्यार्थी संख्या बढी छ । पानी नहुँदा सरसफाई गर्न साह्रै अप्ठयारो थियो । महिनावारी भएको समयमा छात्राहरु विद्यालय नआउने अवस्था थियो ।

अब व्यवस्थीत शौचालय खानेपानी बने पछि समस्या हटेको विद्यालयका प्रधानाध्यापक हिक्मत जाग्रीले बताए । सरसफाईका लागी घरमा पानी नभएपछिे महिनावारी भएको समयमा आफुहरुको स्कुल समय छुटने गरेको थलारा मा.वि कि छात्रा अमृता बोहराले बताईन । उनी भन्छिन नुहाउन टाढा जानुपथ्र्यो । विद्यालय जाने समय पनि नुहाउनमै जान्थ्यो । महिनावारी भएका बेला लुगा धुने गर्नुपर्छ, टाढाको धारा जाँदा यता पढाइ छुट्छ ।

पानी नहुँदा महिनावारी भएका छात्राहरूलाई समस्या हुने गरेको थियो । अहिले घरमै पानी पुगेपछि महिनावारी भएका बेला स्कुल छुटला भन्ने चिन्ता हुदैन । ग्रामिण जलस्रोत व्यवस्थापन परियोजनाले गाँउमा खानेपानी पु¥याएपछि थलारा गाँउलेकै दैनिकि फेरिएको छ ।

आयोजना निमार्ण हुनु अघि बर्षाको समयमा केहि ठाँउमा पानीको मुहान फुटने भएपनि ति मुहानहरु दशै अगावै सुक्ने गरेका कारण थलारा गाँउमा हिउँदे समय खानेपानीको हाहाकार हुने गरेको थियो । हिउँदको समयमा खानेपानीको समस्या झेल्दै आएका स्थानिय घर अगाडि धारा जडान भए पछि गाँउमा खुसी भएको थलारा गाँउकी ७५ बर्षिया बेला धामीले बताईन ।

उनले भनिन् अब पानी भर्नका लागी धारामा पालो कुर्नु पर्ने अवस्थाको अन्त्य भएको छ । योजना निमार्ण हुनु अघि यस क्षेत्रका महिलाहरूलाई महिनावारी भएको बेला नुहाउनलाई खोलामा जानुपर्ने बाध्यता थियो । घरमै धारा भएपछि खुसी लागेको उनको भनाई छ ।