सेती प्रयोगशालामा भएको परिक्षणमा थप ११ जनामा कोरोना पुष्टि

सेती प्रयोगशालामा भएको परिक्षणमा थप ११ जनामा कोरोना पुष्टि

धनगढी । मंगलबार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ११ जनामा कोरोना  पुष्टि भएको  छ । उक्त प्रयोगशालामा १०२ नमूनाको परीक्षण गर्दा ११ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए । 

यस्तै ९१ जनाको रिपोर्ट निगेटिभ आएको छ । पछिल्लो २४ घण्टामा अस्पतालमा १ जना अस्पतालमा भर्ना भएका छन् ।  हाल अस्पतालमा १९ जना संक्रमित उपचाररत छन्।