निसर्ग हस्पिटलद्धारा सुदूरपश्चिममै पहिलो पटक ‘टेलीमेडिसिन सेवा’ सञ्चालन

निसर्ग हस्पिटलद्धारा सुदूरपश्चिममै पहिलो पटक ‘टेलीमेडिसिन सेवा’ सञ्चालन

धनगढी । धनगढीको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरले सुदूरपश्चिममै पहिलो पटक ‘टेलीमेडिसिन सेवा’ सञ्चालनमा ल्याएको छ । सुदूरपश्चिमका पहाडी जिल्लाकानागरिकलाई समेत विशेषज्ञ स्वास्थ्य सेवाको पहुँचमाल्याउने उद्देश्यअनुसार प्रदेशमै पहिलो पटक ‘टेलीमेडिसिन सेवा’ सञ्चालनमा ल्याइएको हस्पिटलले जनाएको छ ।

निसर्ग हस्पिटलमा कार्यरत विशेषज्ञ चिकित्सकले ‘टेलीमेडिसिन सेवा’ को माध्यमबाट सात वटै पहाडी जिल्लाका बिरामीहरुलाई आवश्यक परामर्श तथाउपचार सेवाप्रदान गर्ने हस्पिटलका स्वास्थ्य निर्देशक डा.मिराज आलम अन्सारीले जानकारी दिए । हस्पिटलका अध्यक्ष तीर्थ राज पन्तले सोमबारदेखि बझाङबाट ‘टेलीमेडिसिन सेवा’सुरु गरिएको बताउँदै छिट्टै अन्य जिल्लामा पनि विस्तार गरिने जनाए ।

जीआईजेड र मिदास टेक्नोलोजी प्राइभेट लिमिटेडसँगको सहकार्यमा बझाङको देउलेख प्राथमिक स्वास्थ्य केन्द्रबाट ‘टेलीमेडिसिन सेवा’ सञ्चालनमाल्याइएको उनले बताए । ‘टेलीमेडिसिन सेवा’मार्फत स्वास्थ्य परीक्षण तथा परामर्श लिएको शुुल्क भने लाग्ने छैन । ‘टेलीमेडिसिन सेवा’ले विशेषज्ञ स्वास्थ्य सेवाकालागि पहाडी जिल्लाबाट धनगढी लगायतका ठाउँ धाउनुपर्ने बाध्यता हट्ने विश्वास समेत लिइएको छ ।

सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशमा अहिले सम्म कुुनै पनि अस्पतालले ‘टेलीमेडिसिन सेवा’ सञ्चालन गरेका छैनन् । सेतीप्रादेशिक अस्पतालमा सेवा सञ्चालनका लागि बजेट विनियोजन गरिए पनि हालसम्म सञ्चालनमा आउन सकेको छैन । निजीतथा सरकारी स्तरबाट प्रदेशमा ‘टेलीमेडिसिन सेवा’ सञ्चालनमा नभएका बेला निसर्ग हस्पिटलले थालनी गरेको हो ।