दल विभाजनसम्बन्धी अध्यादेश देशलाई अस्थिर तुल्याउने खेल : भीम रावल

दल विभाजनसम्बन्धी अध्यादेश देशलाई अस्थिर तुल्याउने खेल : भीम रावल

नेकपा एमालेका नेता भिम रावलले दल विभाजन सम्बन्धी अध्यादेश देशलाई अस्थिर तुल्याउने खेल भएको बताएका छन् ।

मंगलवार ट्वीट गर्दै नेता रावलले दल विभाजनसम्बन्धी अध्यादेश संविधानको मर्म र जनताको आकांक्षा विपरीत भएको बताए । उनले अध्यादेश स्वार्थको लागि देशलाई अस्थिर तुल्याउने खेल भएको पनि बताए ।

नेता रावलले विगतमा यस्तै अध्यादेशलाई अलोकतान्त्रिक भन्दै चर्को विरोध गर्नेहरू आज त्यही बाटोमा किन भन्ने प्रश्न पनि गरेका छन् ।

उनले २०५४ सालमा एमाले फुटाउदा देशमा द्वन्द्व चर्किएको कुराको हेक्का राख्नुपर्ने पनि बताएका छन् ।