गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा ''भारी वर्षा'' को सम्भावना

गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा ''भारी वर्षा'' को सम्भावना

देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

गण्डकी प्रदेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा मेघ गर्जन÷चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाको भनाई छ ।

हाल मनसुनी न्युन चापिय रेखा नेपालको पश्चिमि भू–भागमा तराई नजिक रहेको छ भने पूर्वी भू–भागमा तराई भन्दा केही पर दक्षिण तिर रहेको छ भने बंगालको खाडीको उत्तर पश्चिमी भागमा निम्न चापिय प्रणाली रहेको छ ।