सन्दीप लामिछानेले सीपीएल गुमाउने पक्का

सन्दीप लामिछानेले सीपीएल गुमाउने पक्का

नेपाली बलर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग सीपीएल क्रिकेट प्रतियोगिता गुमाउने भएका छन् । सीपीएल र नेपाली राष्ट्रिय क्रिकेट टोलीका अन्तर्राष्ट्रिय प्रतियोगिताको मिति सँगसँगै पर्न गएपछि अर्को हप्तादेखि सुरु हुने वेष्ट इन्डिजको चर्चित लिग सीपीएल सन्दीपले गुमाउने पक्का भएको हो ।

विश्वकप लिग–२ अन्तर्गत ओमान र अमेरिकाकासँग त्रिदेशीय श्रृङ्खला खेल्न नेपाली टोली अगष्ट अन्तिममा ओमान प्रस्थान गर्दैछ । सीपीएल पनि अगष्ट २६ तारिख देखि नै सुरु हुँदैछ । त्रिदेशीय श्रृङ्खला अघि नेपालले पपुवा न्युगिनीसँग २ वटा एकदिवसीय खेल खेल्नेछ ।

सन्दीप यो पटक सीपीएलको लागि ट्रिनबागो नाइट राइडर्समा आवद्ध थिए । यसअघि भिसाका कारण सन्दीपले बेलायतको द हन्ड्रेड प्रतियोगिता पनि गुमाइसकेका छन् ।