धामी दम्पतीद्धारा छोरी आधबिकाको जन्मदिनमा हरेक बर्ष १० हजार सहयोग गर्ने घोषणा

धामी दम्पतीद्धारा छोरी आधबिकाको जन्मदिनमा हरेक बर्ष १० हजार सहयोग गर्ने घोषणा

धनगढी ।  नेशनल प्याथ ल्याब र कैलाली अस्पतालका सञ्चालक हरि सिं धामीले छोरी आधबिका धामीको जन्मदिनमा कञ्चनपुरको 'आई केयर यू' संस्थालाई हरेक बर्ष १० हजार सहयोग गर्ने घोषणा गरेका छन ।

सडकमा बेवारिसे अवस्थामा रहेका जनावरहरुको लागि काम गर्ने कञ्चनपुरको 'आई केयर यू' लाई संस्थालाई छोरीको जन्मदिनको अवसरमा हरेक बर्ष १० हजार सहयोग गर्ने उनले घोषणा गरेका हुन । नेशनल प्याथ ल्याब र कैलाली अस्पतालका सञ्चालक हरि सिं धामीले छोरी आधबिका धामीको जन्मदिनमा आफु र श्रीमती अरुणा भट्टले १० हजार सहयोग गर्ने घोषणा गरेको जानकारी दिए ।

छोरी आधबिका १५ बर्ष नपुग्दा सम्म हरेक बर्षको असार १४ गते पर्ने जन्मदिनको अवसरमा आई केयर यू लाई १० हजार सहयोग गर्ने उनले बताए । सहयोग रकम घोषणा गरेका धामी दम्पतीलाई 'आई केयर यू' संस्थाले धन्यवाद ज्ञापन गरेको छ । भने छोरी आधबिकाको उज्जवल भविष्यको कामना गरेको छ ।

साथै नेशनल प्याथ ल्याब र कैलाली अस्पतालका सञ्चालक धामी स्थापना कालदेखि नै 'आई केयर यू' संस्थालाई सहयोग गर्दै आएका छन ।