बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

नेपाली बजारमा सुनको मूल्य बृद्धि भएको छ । आज छापावाल सुन प्रति तोलामा दुई सय रुपैयाँले बढेर ९१ हजार २०० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार छापावाल सुन प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको थियो। तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ७०० रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य आज घटेको छ । मंगलबार चाँदी प्रतितोला १ हजार २१० रुपैयाँमा कारोबार भएकोमा मंगलबार ५ रूपैयाँले घटेर १२ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।