वाग्मती प्रदेश एमाले संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य चयन, मुख्यमन्त्री बन्ने

वाग्मती प्रदेश एमाले संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य चयन, मुख्यमन्त्री बन्ने

वाग्मती प्रदेशको सत्ता पक्षले संसदीय दलको नेता परिवर्तन गरेको छ । संसदीय दलका नेता तथा मुख्यमन्त्री डोरमणि पौडेलले आजै दलको नेताबाट राजीनामा दिनुभएको छ । 

पौडेलको राजीनामापछि बसेको संसदीय दलको बैठकले प्रदेश सभा सदस्य तथा एमाले नेत्री अष्टलक्ष्मी शाक्यलाई संसदीय दलको नेता चयन गरेको छ । प्रस्तावमा एमालेले दलको नेतामा एमाले नेत्री शाक्यलाई सर्वसम्मत चयन गरिएको संसदीय दलका मुख्य सचेतक दीपक निरौलाले जानकारी दिनुभयो । 

यसैबीच मुख्यमन्त्री पौडेलले आजै आफ्नो पदबाट राजीनामा दिने र भोलिसम्ममा शाक्य मुख्यमन्त्री बन्ने मुख्यमन्त्री पौडेलका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिनुभयो ।