यी ७ जना हुन् सुदूरपश्चिमबाट एमाले समाजवादीको केन्द्रीय समिति सदस्यहरु ?

यी ७ जना हुन् सुदूरपश्चिमबाट एमाले समाजवादीको केन्द्रीय समिति सदस्यहरु ?

एमाले वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी विभाजन गर्दै आफ्नै नेतृत्वमा नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । फुटेर बनेको नयाँ पार्टीको नाम नेकपा एमाले (समाजवादी) राखिएको छ ।

चुनाव चिन्ह खुल्ला किताब प्रस्ताव गरिएपनि अर्कै पार्टीसँग जुधेकाले हाललाई कुनै निर्णय भएको छैन । नयाँ पार्टीमा नेता नेपाल नै अध्यक्ष रहेका छन् भने झलनाथ खनाल वरिष्ठ नेता रहेका छन् ।

नयाँ पार्टीमा ९५ जना केन्द्रीय सदस्य रहेका छन् । निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएपछि नयाँ पार्टीका नेता राजेन्द्र पाण्डेले प्रतिनिधिसभा र राष्ट्रियसभाका ३१ जना सांसदहरु रहेको बताए । 

यस्तै एमाले समाजवादीको केन्द्रीय समितिमा सुदूरपश्चिमका २ सांसद प्रेम आले र निरादेवी जैरुसहित ७ जना परेका छन्। सासंदबाहेक मदन कुमारी शाह (गरिमा), माया भट्ट, पूर्णा जोशी, भानुभक्त जैशी र उर्वादत्त पन्त नेकपा एमाले समाजवादीको केन्द्रीय समिति सदस्य रहेका छन्।