धनगढीको एग्रो पोल्ट्री मार्टले भित्र्यायो विषादी रहित र्यापिड पावर नामक औषधी

धनगढीको एग्रो पोल्ट्री मार्टले भित्र्यायो विषादी रहित र्यापिड पावर नामक औषधी

धनगढी । धनगढीको एग्रो पोल्ट्री मार्टले विषादी रहित -यापिड पावर नामक औषधी भित्र्याएको छ । सुदूरपश्चिम प्रदेशमा विषादी रहित कृषि प्रणाली कसरी गर्न सकिन्छ भन्ने उद्देश्यका साथ सो औषधी भित्र्याएको हो ।

मरिन रिसोर्सेज एग्रिकल्चर मल्टिपरपोस इन्टरनेशनल प्रालिले सुदूरपश्चिमका लागि सो एग्रो पोल्ट्री मार्टलाई आधिकारीक डिलरको रुपमा राखेको धनगढीमा एक कार्यक्रममा बिच जानकारी दिएको हो । धनगढी उप-महानगरपालिका वडा नम्बर ३ चटकपुरमा रहेको रहेको एग्रो पोल्ट्री मार्टले यहाँका कुखुरा तथा माछा पालकहरुलाई मध्यनजर गर्दै -यापिड पावर नामक औषधी बिक्रि बितरण सुरु गरेको मार्टले जनाएको छ ।

-यापिड पावर नामक औषधीले विषेश गरी पोल्टीफर्म व्यवसायीलाई सहज पुग्ने र यहाँका किसानहरुले सो एग्रो पोल्टिफर्मबाट सहज रूपमै प्राप्त गर्न सकिने मरिन रिसोर्सेज एग्रिकल्चर मल्टिपरपोस इन्टरनेशनल प्रा.लिका प्रबन्ध निर्देशक पूर्ण प्रसाद लुइँटेलले जानकारी दिए ।

कुखुरा तथा माछामा यो औषधी प्रयोग गर्दा रोगसँग लड्ने क्षमता बढाउने र माछा र कुखुरा मर्न बाट यो जोगाउने एग्रो पोल्ट्री मार्टका सञ्चालक उत्तम मल्लले बताए । यो औषधी नेपाल सरकारबाट मान्यता प्राप्त रहेको बताइएको छ । रोग लाग्नु भन्दा रोग नै नलाग्न दिन यो औषधी आफूहरूले धनगढीमा बजारमा ल्याएको उनको भनाई छ ।