नेकपा एमाले विभाजन हुँदा कैलालीका स्थानीय तहका प्रमुख को कता उभिए ?

नेकपा एमाले विभाजन हुँदा कैलालीका स्थानीय तहका प्रमुख को कता उभिए ?

धनगढी । केन्द्रमा नेकपा एमाले विभाजित भएसँगै त्यसको असर स्थानीय तहमा पनि परेको छ । बुधबार नेकपा एमाले औपचारिक रुपमै विभाजित भएपछि कैलालीका विभिन्न स्थानीय तहका जनप्रतिनिधि पनि अलग अलग पार्टीमा लागेका हुन ।

माधव नेपाल समूहले नयाँ पार्टी नेकपा एमाले (समाजवादी) दर्ता गराएपछि स्थानीय तहका जनप्रतिनिधिहरु पनि विभाजित बन्दै गएका छन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले भित्रको लामो समयदेखि देखा परेको विवाद अन्तः फुटमा परिणत भएको हो ।

माधव नेपाल समुहले दर्ता गरेको पार्टीमा सुदूरपश्चिका ७ जना केद्रिय कमिटी सदस्यमा छन । साथै कैलालीका विभिन्न स्थानीय तहमा निवार्चित जनप्रतिनिधिहरुमा पनि नेकपा एमाले विभाजनको असर परेको हो । चुरे गाउँपालिका अध्यक्ष धन बहादुर रोका मगरले आफु नेकपा एमाले मै रहेको प्रतिक्रिया दिएका छन । “अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपा एमाले मै छु,’उनले भने,‘थपघट नभएको पार्टीलाई मेरो समर्थन छ ।”

यस्तै गोदावरी नगरपालिकाका मेयर हरिसिंह साउँदले पनि आफु अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपा एमाले मै रहेको धनगढी खबरलाई प्रतिक्रिया दिए । “पार्टी फुट्नु पक्कै राम्रो होइन,’उनले भने,‘उनीहरुले बाहाना खोजी रहेका थिए, पार्टी फुटाएर गए आफुहरुलाई यसमा कुनै आपत्ती छैन ।”

यस्तै गौरीगंगा नगरपालिकाका मेयर भिम बहादुर देउवा र घोडाघोडी नगरपालिकाका मेयर ममता प्रसाद चौधरी पनि केपी ओली नेतृत्वको नेकपा एमाले पार्टीमै रहेको स्रोतले बतायो । यसैगरी जिल्लाकै लम्की–चुहाँ नगरपालिकाका मेयर महादेब बजगाई भने माधव नेपाल नेतृत्वको नयाँ पार्टी नेकपा एमाले (समाजवादी) मा लागेको बुझिएको छ ।