भरुवा बन्दुक र मृत जंगली बँदेल कञ्चनपुरबाट बरामद

भरुवा बन्दुक र मृत जंगली बँदेल कञ्चनपुरबाट बरामद

कञ्चनपुर । कञ्चनपुरमा सशस्त्र प्रहरी बलले भरुवा बन्दुक र जंगली बँदेल बरामद गरेको छ।

जिल्लाको भीमदत्त नगरपालिका–९ ब्रह्मदेव स्थित सिद्दनाथ सामुदायिक वनबाट बन्दुक र मृत बँदेल बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुरले जनाएको छ।

सशस्त्र प्रहरीको बिओपी ब्रह्मदेवबाट खटिएको पैदल गस्ती टोलीले बरामद गरेको बन्दुक र बँदेल आवश्यक कारबाहीका लागि सब डिभिजन बन कार्यालय ब्रह्मदेवमा बुझाइएको गणले जानकारी दिएको छ ।