एमाले समाजवादी आयोगमा दर्ता नहुने

एमाले समाजवादी आयोगमा दर्ता नहुने

काठमाडौं । एमाले समाजवादी नाममा दर्ता गर्न खोजिएको माधव नेपाल समुहको दल त्यही नाममा दर्ता नहुने भएको छ ।

नेकपा एमालेबाट विभाजित एमाले समाजवादी र जनता समाजवादी पार्टीबाट विभाजित जसपा लोकतान्त्रिक त्यही नाममा निर्वाचन आयोगमा दर्ता नहुने भएका हुन।

निर्वाचन आयोगले एमालेबाट विभाजित भएको प्रस्तावित एमाले समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा लोकतान्त्रिकका अध्यक्ष महन्थ ठाकुरलाई अर्को नाम लिएर आउन भनिसकेको छ ।


त्यस्तै जसपाका नेताहरुलाई पनि अर्को नाम ल्याउन भनिएको छ । आयोगमा यसअघि गत बुधवार दल दर्ताका लागि दिएको निवेदन यथावत रहे पनि संशोधित नियमावली अनुसार अनुसूची भर्नका लागि अनुसूची फारम आज दुवै पक्षलाई उपलब्ध गराइने आयोग स्रोतले जनाएको छ । उनीहरु अनुसूची भरेपछि दल दर्ता प्रक्रिया अघि बढ्नेछ ।