सुदूरपश्चिम सरकारको नेतृत्व काँग्रेसले गर्ने, मुख्यमन्त्रीमा डा. रावलको नाम चर्चा

सुदूरपश्चिम सरकारको नेतृत्व काँग्रेसले गर्ने, मुख्यमन्त्रीमा डा. रावलको नाम चर्चा

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्ने चर्चा सुरु भएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र प्रस्तावित नेकपा एमाले समाजवादी पार्टी सम्मिलित गठबन्धनमा प्रदेश सरकारको नेतृत्व कांग्रेस संसदीय दलका नेता डाक्टर रण बहादुर रावलले गर्ने  सहमति बनेको हो ।

माओवादीका तर्फबाट हाल प्रदेश सरकारको नेतृत्व गरिरहेका त्रिलोचन भट्ट भदौ महिनाभित्र मुख्यमन्त्री पदबाट हट्ने माओवादी उच्च स्रोतले जानकारी दिएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहालले एक महिना अघि नै मुख्यमन्त्री भट्टलाई पद छोड्नका लागि मानसिक रूपमा तयार हुन सुझाव दिएको स्रोतले बतायो । 

यता कांग्रेस दलका नेता रावलले पनि सरकार गठनका लागि छलफल सुरु गरिसकेका छन् । पार्टी सभापति शेरबहादुर देउवाको निर्देशन अनुसार अघि बढ्ने रावलले बताए । अब बन्‍ने सरकारमा कांग्रेससँगै माओवादी केन्द्र, माधव नेपाल नेतृत्वको नेकपा एमाले समाजवादी, जनता समाजवादी सहभागी हुने रावलले बताए ।