कंचनपुरमा ३५ दिनदेखी आन्दोलित शिक्षक संघको प्रहरी संग झडप

कंचनपुरमा ३५ दिनदेखी आन्दोलित शिक्षक संघको प्रहरी संग झडप

महेन्द्रनगर । भिमदत्त नगरपालिकाले मापदण्ड बिपरित कार्यविधि मिचेर शिक्षक दरबन्दी मिलान गरेको विषयमा असहमति जनाउँदै कञ्चनपुरको भीमदत्तनगरपालिका कार्यालयमा धर्ना बसेका शिक्षकहरु र प्रहरीबीच आज झडप भएको छ ।   

नगरपालिकाले कार्यविधि मिचेर र प्रक्रियालाई बेवास्ता गरी विभेदपूर्ण तवरले शिक्षक दरबन्दी मिलान गरेको जनाउँदै नेपाल शिक्षक सङ्घ कञ्चनपुरले यहाँ धर्ना सुरु गरेको थियो । ३५ दिनदेखि आन्दोलनरत हुँदा नगरपालिकाले कुनै सुनुवाइ नगरेको र आफ्ना मागहरुलाई बेवास्ता गरेको शिक्षक संघका सचिव नवीन सिंह धामिले बताए । सचिव धामिले आज  भएको घटनाक्रमको भत्सर्ना गर्दै उक्त घटनाको जवाफ नगरपालिकाले दिनुपर्ने समेत  बताए। 
शिक्षक संघका सचीव धामिका अनुसार आज भएको प्रहरीको झडपमा परी १२ जना घाइते भएको बताए । प्रहरीले गरेको लाठी चार्जमा शिक्षक विरेन्द्र बोहरा, नेपाल विद्यार्थी संघका पूर्वसहमहामन्त्री अच्युत कलौनी र कांग्रेस भीमदत्त नगरपालिका–१८ का सभापति राजेन्द्र केसी, नेबिसंघ कंचनपुरका नेता इन्द्र साउँद  लगायत १२ जना रहेका छ्न।
शिक्षक बोहराको महाकाली अस्पतालमा उपचार भइरहेको छ। अन्य दुई जना उपचारपछि घर फर्किएका छन्। 
अन्य घाइतेको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको सङ्घले जनाएको छ । सङ्घका सचिव धामीले नगरपालिकाको शिक्षा शाखामा गत साउन ३ गतेदेखि तालाबन्दी रहेको बताए । यसअघि पनि नगरपालिकामा रहेका नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले शिक्षकको माग पूरा नगरेको जनाउँदै कार्यपालिका बैठकसमेत बहिष्कार गरेको थियो ।
शिक्षक संघले पेशागत माग अघि सारेर अनशन बसिरहेका शिक्षकहरु र शिक्षकहरुका मागमा ऐक्यवद्धता जनाउन गएका कांग्रेस कञ्चनपुर र भ्रातृ संस्थाका नेता कार्यकर्तामाथि शुक्रबार बिहान प्रहरीले बल प्रयोग गरेको थियो।