टेलिभिजन रियालिटी शो 'नेपाल आइडल’का निर्णायक परिवर्तन

टेलिभिजन रियालिटी शो 'नेपाल आइडल’का निर्णायक परिवर्तन

नेपाल आइडलको चौथो संस्करण आयोजना हुने घोषणासँगै यो पटकको निर्णायक को होलान् भन्ने धेरैलाई कौतुहलता थियो । तर एपीवानले शुक्रबार चौथो सिजनका निर्णायक सार्वजनिक गरेको छ । 

नयाँ संस्करणमा शम्भुजित बास्कोटा, सुगम पोखरेल र सुवानी मोक्तानले निर्णायकको जिम्मेवारी निर्वाह गर्नेछन् । एपीवान टेलिभिजनले प्रसारण गर्दै आएको यो गायन प्रतियोगितामा यसअघिका  सिजनमा न्यहू बज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशीले यो जिम्मेवारी निर्वाह गरेका थिए । 

प्रतियोगिताको पहिलो सिजनमा बुद्ध लामा विजेता भएका थिए भने दोस्रो सिजनमा रवि ओड र तेस्रो सिजनमा सज्जा चौलागाइँ विजेता बनेका थिए । चौथो सिजनमा एक जना होस्ट पनि परिवर्तन भएका छन् ।

दोस्रो सिजनबाट सुशील नेपाललाई प्रतिस्थापन गरेका आसिफ शाहले नयाँ संस्करणमा निरन्तरता दिनेछन् भने उनलाई महिला होस्टमा रेश्मा घिमिरेले साथ दिनेछिन् ।