राष्ट्रिय खेलकुद परिषदद्धारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

राष्ट्रिय खेलकुद परिषदद्धारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघले प्रधानमन्त्री शेरबहादुर देउवालाई कर्मचारीको हकहितका विषय समेटर ज्ञापनपत्र बुझाएको छ ।

शुक्रबार बालुवाटरमा संघका अध्यक्ष रञ्जन थापाको नेतृत्वमा गएको संघको प्रतिनिधिमण्डलले खेलकुद परिषद र खेलक्षेत्रमा रहेका विभिन्न विकृति र विसंगतीसहित कर्मचारी हकहितका बिषयलाई समेटेर परिषदका संरक्षक रहेका प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्रमा लामो समयदेखि बढुवा नभएको, करार व्यवस्थापन गर्नुपर्ने, स्थायी प्रकृया थाल्नुपर्ने, कर्मचारीलाई प्रदेशमा समायोजन नगरी काजमा खटाइएकोमा समायोजन गर्नुपर्ने, उपदान रकम १५ प्रतिशत कट्टा गरिएकोमा निजामती कर्मचारीसरह नै ५ प्रतिशत मात्रै कट्टा गर्नुपर्ने र निजामती कर्मचारीसरह सेवासुविधा प्राप्त गर्नुपर्नेलगायतका माग छिटो कार्यान्वयनमा ल्याउन पहल गर्न भनिएको छ ।