भारतमा थपिए ३४ हजार संक्रमित, ३७६ संक्रमितको मृत्यु

भारतमा थपिए ३४ हजार संक्रमित, ३७६ संक्रमितको मृत्यु

भारतमा थप ३४ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । चार महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ३४ हजार २९६ जनामा संक्रमण भएको छ ।

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड २३ लाख ९२ हजार ५०६ पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा ३ लाख ६८ हजार १२२ जना संक्रिय संक्रमित छन् ।

यस्तै त्यहाँ एकैदिन ३७६ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ३३ हजार ९९८ पुगेको छ ।