१५ वर्षे बालिकाको आफ्नै भिनाजुले अपहरण गरी बलात्कार

१५ वर्षे बालिकाको आफ्नै भिनाजुले अपहरण गरी बलात्कार

आफ्नै भिनाजुले सालीलाई अपहरण गरी बलात्कार गरेको खुलेको छ । १५ वर्षे बालिकाको आफ्नै भिनाजुले अपहरण गरी बलात्कार गरेको खुलेको हो । 

घटना हो भारतको ग्रेटर नोएडा वेष्टको । रविदासले उक्त हर्कत गरेका हुन् । केही समय पहिले रविदासले एक मुस्लिम युवतीसँग बिहे गरेका थिए । त्यसपछि उनले पत्नीकी १५ वर्षे बहिनीको अपहरण गरे र बलात्कार गरे । 

बिसरख थानाकी एसएचओ अनिता चौहानका अनुसार उक्त घटनाबारे पत्नीले पतिमाथि आरोप लगाउँदै निवेदन दिएपछि प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार आरोपीले नाबालिकलाई कयौं दिनसम्म बलात्कार गरेको थियो । 

बहिनी बेपत्ता भएपछि पत्नीले पतिमाथि आशंका गरिन् । किनकि सोही दिनदेखि पति पनि गायब भएको थियो । पत्नीले पतिविरुद्ध रिपोर्ट दर्ता गरिन् । रविदास उत्तर प्रदेशको शाहजहापुरको रहेको पनि बताइएको छ । 

प्रहरीले ती नाबालिकाको मेडिकल गराएको थियो । सो मेडिकलमा बलात्कार पुष्टि भएको थियो । गिरफ्तारीपछि आरोपीलाई अदालतमा पेश गरिएको छ । जहाँ उसलाई १४ दिनको न्यायीक हिरासतमा जेल पठाइएको छ ।