चीनबाट १ सय ८७ नेपालीको उद्धारमा १३ करोड खर्च, खानामा मात्रै ५५ लाख रुपैयाँ

चीनबाट १ सय ८७ नेपालीको उद्धारमा १३ करोड खर्च, खानामा मात्रै ५५ लाख रुपैयाँ

चीनको वुहानबाट १ सय ८७ जना नेपालीलाई उद्धार गरेर नेपाल ल्याउँदा १३ करोड रुपैयाँ भन्दा धेरै खर्च भएको पाइएको छ ।

महालेखा परीक्षकको कार्यालयले जारी गरेकाे प्रतिवेदनमा २०७६ सालको फागुनमा चीनको वुहानबाट १ सय ८७ जनालाई उद्धार गर्दा १३ करोड २८ लाख ४७ हजार रुपैयाँ खर्च भएको उल्लेख छ । संस्कृति पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयले चार करोड ४९ लाख,  सहरी विकास मन्त्रालयले ७ करोड ५६ लाख र नेपाली सेनाले एक करोड २२ लाख रुपैयाँ गरी १३ करोड भन्दा धेरै खर्च भएको हो ।

यसरी वुहानबाट एक जना नेपाली उद्धार गरेवापत सरकारले सात लाख १० हजार रुपैयाँ खर्च गरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । अव्यवस्थित र जथाभाबीरुपमा खर्च भएको महालेखाले जनाएको छ । फागुनको ४ देखि २० गतेसम्म खानामा मात्रै ५५ लाख र औषधिमा ६६ लाख ७१ हजार रुपैयाँ खर्च भएको देखिएको महालेखाकाे प्रतिवेदनमा उल्लेख छ ।