प्रहरीनै ग्राहक बनेर गएपछि हाइप्रोफाइल वेश्यावृतिको भण्डाफोर, मोडेल पक्राउ

प्रहरीनै ग्राहक बनेर गएपछि हाइप्रोफाइल वेश्यावृतिको भण्डाफोर, मोडेल पक्राउ

प्रहरीनै ग्राहक बनेर गएपछि हाइप्रोफाइल वेश्यावृतिको भण्डाफोर भएको छ । मुम्बई क्राइम ब्रान्चले हाइप्रोफाइल वेश्यावृत्तिको भण्डाफोर गर्दै एक मोडललाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा ३२ वर्षीया मोडेल इशा खान रहेकी छन्। टिभी मोडेलहरुका साथ उनी एक थ्री स्टार होटेलबाट पक्राउ परेकी छन्। उनले टेलिभिजन हिरोइनहरुलाई ग्राहकहरुकहाँ पठाउने गरेको बताइएको छ।

त्यसका लागि उनले लाखौंको डील गर्ने गरेको भारतीय सञ्चार माध्यममा उल्लेख छ । यसबारे सूचना पाएपछि मुम्बई क्राइम ब्रान्चले नक्कली ग्राहक बनेर इशा खानसँग डील गर्न गएका थिए।

इशाले ग्रहक बनेर गएका प्रहरीहरुलाई एक थ्री स्टारमा होटेलमा बोलाएका थिए। त्यहाँ पुग्दा इशा खानले अन्य दुई मोडेलहरुलाई लिएर पुगेका थिए। त्यही बेला उनी पक्राउ परेको बताइएको छ।