बैतडी । कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेका बेला जिल्ला प्रशासन कार्यालय बैतडीले आफूखुसी विद्यालय सञ्चालन नगर्न आग्रह गरेको छ ।
जिल्लाका विभिन्न स्थानमा विद्यालय सञ्चालन भइरहेको जानकारी पाएपछि सबै स्थानीय तहहरुलाई विद्यालय बन्द गर्न पत्राचार गरिएको सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए ।
विद्यालय सञ्चालनमा ल्याउँदा भीडभाड हुने भएकाले महामारीको समयमा सचेतना अपनाउन आग्रह गरिएको उनले बताए। यस्तै चाडपर्वको समय पनि नजिक आइरहेकाले भीडभाड नगर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ।