प्रेमिका फेल हुने डर थियो, महिला बनेर परीक्षा दिन पुगे प्रेमी

प्रेमिका फेल हुने डर थियो, महिला बनेर परीक्षा दिन पुगे प्रेमी

प्रेम र युद्धमा सबै जायज हुन्छ । यो भनाई एक व्यक्तिले चरितार्थ पारेका छन् । पश्चिमी अफ्रिकाको सेनेगलमा एक प्रेमी आफ्नी प्रेमिकाको परीक्षा दिन पुगेका छन् । गेस्टन बर्जर डी सेन्ट लुई युनिभर्सिटीमा एक युवकलाई परीक्षा दिइरहेका बेला पक्राउ गरिएको छ । किनभने ती व्यक्ति युवतीको भेष धारणा गरेर आफ्नी प्रेमिकाको परीक्षा दिइरहेका थिए ता कि उनी फेल नहुन् । 

वास्तवमा २२ वर्षका खादिमले हाई स्कूल ग्रेजुएशनको परीक्षामा आफ्नी १९ वर्षीया प्रेमिका गेंग्यू डिओमलाई मद्दत गर्ने निर्णय गरे र उनको साटो आफैंले परीक्षा दिने निर्णय गरे । कसैले चिन्न नसकोस् भनेर उनी युवती झैं तयार भएका थिए ।

युवतीजस्तो देखिनका लागि उनले पारम्परिक स्कार्फ, कानका झुम्का र महिलाको पहिरन लगाए । यसका साथै उनले पूरा मेकअप गरे र ब्रासमेत लगाए । सायद यसैकारण उनले तीन दिनसम्म सबैलाई मूर्ख बनाएर परीक्षा हलमा पुग्न सफल भए । सबैकुरा सही चलिरहेको थियो । तर चौथो दिन एक सुपरभाइजरलाई खादिममाथि शंका लाग्यो । उनको अनुसन्धान गरिएपछि उनीबारे पर्दाफास भएको हो ।

३१ जुलाईमा परीक्षा केन्द्रमा प्रहरी बोलाइयो र खादिमविरुद्ध धोकाको मुद्दा दर्ता गरियो । त्यसपछि ती व्यक्तिको मद्दतले नै प्रहरी उनकी प्रेमिकासम्म पुग्न सफल भयो जसले एक होटलमा उनलाई प्रतीक्षा गरेर बसिरहेकी थिइन् । खादिमले प्रेमिकामाथि कुनै प्रकारको संकट आउन दिएनन्, अपराध जति सबै आफ्नो टाउकोमा लिए । 

उनले प्रहरी समक्ष भने, ‘मैले यो सबै प्रेमका लागि गरेको हुँ । किनभने मेरी प्रेमिकालाई अंग्रेजी विषयमा फेल हुने हो कि भन्ने चिन्ता थियो ।’ तर प्रहरीले उनको कुरा मानेनन् । धोका दिएको भन्दै दुबैविरुद्ध मुद्दा दर्ता गरियो । उनीहरुलाई सजाय भएको खण्डमा अबको पाँच वर्षसम्म देशमा कुनै पनि प्रकारको परीक्षा दिन सक्छन् न नै कुनै डिप्लोमा डिग्री लिन सक्नेछन् ।

यसका साथै उनीहरुले जरिवानामा मोटो रकम पनि तिनुपर्नेछ , अथवा उनीहरुलाई पाँच वर्षको जेल सजाय पनि हुनसक्छ । प्रेमिकालाई आफू पास नहुने हो कि भन्ने चिन्ता थियो । सुरुमा त उनलाई पहिचान गरिएन तर परीक्षाको चौथो दिनमा उनलाई समातियो । 

ल्याडबिलको रिपोर्ट अनुसार गेस्टन बर्जर विश्वविद्यालयका एक  विद्यार्थी खादिम म्बौप मेकेअप, हेडस्कार्फ, ब्रा र झुम्कासमेत लगाएर परीक्षा दिन पुगे । घण्टौंको मिहिनेतपछि युवती बनेका खादिम म्बौप परीक्षा दिइरहेका थिए तर उनीमाथि कसैलाई शंका भयो, त्यसपछि उनी समातिए ।

स्रोतका अनुसार खादिम म्बौपकी प्रेमिका गंगू डियोमलाई परीक्षा दिन असाध्यै डर लागिरहेको थियो जसका कारण  खादिमले एक योजना बनाए । उनले आफ्नी प्रेमिकाको कपडा लगाए र युवती बनेर तीन दिनसम्म परीक्षा दिइरहे । तर चौथो दिन स्थिति त्यतिबेला गडबड भयो जब एक निरीक्षकलाई उनीमाथि शंका लाग्यो । उनले ती व्यक्तिको अनुहारमा केही गलत देखे ।