लामखुट्टेले बढी मात्रामा यस्तो मान्छेलाई टोक्छ

लामखुट्टेले बढी मात्रामा यस्तो मान्छेलाई टोक्छ

सामान्यतया अरु मौसमको तुलनामा गर्मी मौसममा लामखुट्टेले टोकेर हैरान बनाउँछ । लामखुट्टेमा मानिस र जनावर भएको ठाउँ थाहा पाउने एक प्रकारको सेन्सर हुन्छ । जसका मद्धतले लामखुट्टेले शिकारलाई खोज्दछ । तर, कसैलाई बढी टोक्छ र कसैलाई थोरै यस्तो किन हुन्छ ?

 –लामखुट्टेलाई आवश्यक पर्ने सबैकुरा पसिनामा पाइने हुनाले धेरै पसिना आउने मानिसहरुमा लामखुट्टे बढी आकर्षित हुन्छ । 

–कालो, निलो, रातो जस्तो गाढा रङको कपडामा लगाउने मानिसहरु प्रति लामखुट्टे बढी आकर्षित हुने गर्दछ । बस्त्रले र परफ्युमका कारण पनि लामखुट्टेले टोक्ने सम्भावना बढी हुन्छ ।

– महिलाको तुलनामा पुरुष र बच्चालाई र यी दुईको तुलनामा पनि वयस्कलाई लामखुट्टेले धेरै टोक्ने गर्दद्ध ।

–सामान्य महिलाको तुलनामा गर्भवती महिलाहरुलाई बढी टोक्ने गर्दछ । 

–दुब्लो मानिसको तुलनामा मोटो मानिसलाई बढी टोक्ने गर्दछ ।