कैलालीमा किशोरी बलात्कार गरेको आरोपमा युवक पक्राउ

कैलालीमा किशोरी बलात्कार गरेको आरोपमा युवक पक्राउ

धनगढी । कैलालीको कैलारी गाउँपालिका–७ बाट प्रहरीले बलात्कार गरेको आरोपमा एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलारी गाउँपालिका–७ रामपुर बस्ने २३ वर्षीय अरुण चौधरी छन् ।

शनिबार राति चौधरीले १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । चौधरीले ती बालिकालाई आफ्नै घरमा लगि जबरजस्ती करणी गरेको सूचना पाएपछि सीमा प्रहरी चौकी रामपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।