कञ्चनपुरमा सवारी दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या घट्दो

कञ्चनपुरमा सवारी दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या घट्दो

कञ्चनपुर । कञ्चनपुरमा सवारी दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या घटिरहेको पाइएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७५/०७६ मा ४५ जना, २०७६/०७७ मा ३२ जना र २०७७/०७८ मा सवारी दुर्घटनामा परी ३३ जनाले ज्यान गुमाएका छन्।

यसरी हेर्दा आर्थिक वर्ष २०७५/०७६ देखि गत आर्थिक वर्ष सम्ममा १२ जना कमले ज्यान गुमाएका छन्। यस अवधिमा मृत्यु हुनेको सङ्ख्या घटेको भए पनि दुर्घटना र गम्भीर घाइते हुनेको सङ्ख्या भने बढेको छ।

दुर्घटनामा गत वर्ष ८७ जना, अघिल्लो वर्ष २२ जना र ०७५/०७६ मा ८ जना गम्भीर घाइते तथ्याङ्कमा उल्लेख छ। त्यस्तै सामान्य घाइते हुनेको सङ्ख्या आर्थिक वर्ष ०७५/०७६ मा १४, ०७६/०७७ मा ११ र ०७७/०७८ मा ६० जना रहेको छ। त्यस्तै सवारी दुर्घटना गत वर्ष ९७, अघिल्लो वर्ष ५४ र तीन वर्षअघि ६८ वटा भएका छन्।