जापानले दिएको थप ५ लाख डोज भन्दा बढी खोप नेपाल आइपुग्यो

जापानले दिएको थप ५ लाख डोज भन्दा बढी खोप नेपाल आइपुग्यो

जापानले कोभ्याक्स सुविधामार्फत उपलब्ध गराएको ५ लाख ५९ हजार ३६० डोज एस्ट्राजेनेका खोप नेपाल आइपुगेको छ । जापानबाट करिब १६ लाख डोज एस्ट्राजेनेका खोप नेपाल आइसकेको छ । 

जापानले दिएको १६ लाख डोज एस्ट्राजेनेका खोपमध्ये गत साउनमा ९ लाख डोज खोप नेपाल आएको थियो ।  ५ गते २ लाख ८ हजार ७ सय डोज  खोप आएको थियो । 

व्यवस्थापन महाशाखाका अनुसार १६ लाखमध्ये साउनमा आएको ९ लाख खोप चैतमा कोभिसिल्डको पहिलो मात्रा लगाएका ६५ वर्षमाथिका नागरिकलाई लगाइएको छ । 

अहिले आएको खोप प्रदेश १ र २ मा कोभिसिल्डको पहिलो मात्रा लगाएका नागरिकलाई  दिइने बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा झलक शर्माले जानकारी दिए ।