‘केजीएफ-२’ प्रदर्शन मिति घोषणा, महामारी सामान्य भए विश्वभर रिलिज हुने

एजेन्सी    

‘केजीएफ-२’ प्रदर्शन मिति घोषणा, महामारी सामान्य भए विश्वभर रिलिज हुने

अन्ततः लामो पर्खाइबीच प्रतिक्षित दक्षिण भारतीय फिल्म केजीएफको दोस्रो श्रृंखलाले प्रदर्शन मिति घोषणा गरेको छ । अंग्रेजी वर्ष २०२२ को अप्रिल १४ मा फिल्म विश्वभर नै प्रदर्शन हुने भएको छ ।

आइतबार नयाँ पोस्टरसहित फिल्मको प्रदर्शन मिति घोषणा भएको छ । नयाँ पोस्टरमा अभिनेता यशसहित प्रकाश राजसमेत चित्रित छन् ।

नयाँ रिलिज डेट घोषणा भएपछि फिल्मका फ्यानमाझ खुशि छाएको छ । अभिनेता संजय दत्त, यशसहितले आफ्नो क्यारेक्टर पोस्टर समेत सार्वजनिक गरेका छन् ।

तर, कोरोना महामारीको स्थिती सामान्य भए फिल्मलाई निर्धारित मितिमै प्रदर्शन गर्ने तयारी छ । प्रदर्शन मिति घोषणा भएपनि कोरोनाको आगामी अवस्था कस्तो हुन्छ भन्नेमा फिल्मको रिलिज निर्भर हुनेछ ।



सोमबार ०७, भदौ २०७८ ०१:२८ मा प्रकाशित

नेकपा एमाले भित्रको किचलोमा को बढी दोषी ?

Loading...

प्रतिकृया दिनुहोस