कञ्चनपुरमा खैरो हिरोइनसहित एकजना पक्राउ

कञ्चनपुरमा खैरो हिरोइनसहित एकजना पक्राउ

कञ्चनपुर । कञ्चनपुरमा लागू औषध खैरो हिरोइन सहित आईतवार एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

आइतबार करिब १० बजेको समयमा अस्थाई प्रहरी पोष्ट मझगाँउ र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले बिशेष सुचनाको आधारमा कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १६ मझगाउँ बाह्रसिङगे चौराह स्थित शंकास्पद रुपमा उभि रहेका अबस्थामा सोही ठाउ बस्ने अन्दाजी २२ बर्षिय उमेश ठगुन्नालाई पक्राउ गरेको हो।

प्रहरीले उनको साथबाट २.०६ ग्राम लागु औषध खैरो हिरोइन फेला पारेको थियो। ठगुन्नलाई नियन्त्रणमा लिई कानून बमोजिम थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।