चन्द्रागिरि रिसोर्टमा नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय समिति बैठक जारी

चन्द्रागिरि रिसोर्टमा नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय समिति बैठक जारी

माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय समितिको बैठक जारी छ । चन्द्रागिरि रिसोर्टमा हिजोबाट सुरु भएको केन्द्रीय समितिको बैठक आज केहीबेरअघि सुरु भएको हो । 

यो समूहले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ । आयोगले भोलि ९ गतेका लागि २० प्रतिशत केन्द्रीय सदस्य पु¥याएर सनाखतका लागि हाजिर हुन भनेको छ । 

सोही अनुसार आफूहरुको बैठक चन्द्रागिरिमा बैठक जारी रहेको नेपाल समूहका नेता विरोध खतिवडाले जानकारी दिए । खतिवडाका अनुसार आज दिनभर पार्टीको नयाँ राजनीतिक प्रस्ताव र विधानमाथि छलफल हुनेछ । 

नेपाल पक्षमा एमालेका २६ जना सांसद पुगेको दाबी गरिएको छ । बैठकले अन्तरिम विधान, घोषणापत्र र नियमावली पारित गर्नेछ । नेपाल समूहका नेताहरु हिजो साँझदेखि नै चन्द्रागिरि रिसोर्टमा पुगेर बसेका छन् । 

उनीहरुलाई हिजै बेलुका पार्टीको विधान र राजनीतिक प्रस्ताव हात हातमा पुर्‍याइएको थियो ।