सामान्य बर्षा हुँदा पनि डुब्छ धनगढी, गएराति परेको पानीले शिवनगर जलमग्न !

सामान्य बर्षा हुँदा पनि डुब्छ धनगढी, गएराति परेको पानीले शिवनगर जलमग्न !

धनगढी । सामान्य बर्षा हुँदा पनि धनगढीका विभिन्न वडाहरु जलमग्न हुने गरेका छन । दिनप्रति दिन खोलानालाहरु अतिक्रमण हुन थालेपछि सामान्य झरी हुँदा पनि धनगढी उप–महानगरपालिकाका शिवनगर, बिशालनगर, मिलन चोक र पार्क मोड लगायतका क्षेत्रहरु जलमग्न हुने गरेका छन ।

यस क्षेत्रका सडकहरु खालामा परिणत हुने गरेका छन । सडकमा पानी बग्न थालेपछि सर्वसाधारणहरुलाई आवतजावत गर्न समेत समस्या हुने गरेको छ । यस्तै गएराति देखि परेको बर्षाले वडा नम्बर १ शिवनगर लगायतका क्षेत्र जलमग्न भएका छन ।

पानी निकास नहुँदा सडकमै पानी बग्न थालेपछि हिँडडुल गर्न समस्या भएको सर्वसाधारणहरुले बताएका छन । खाला अतिक्रमण र ढल निकासको उचित व्यवस्था नहुँदा यस क्षेत्रका बासिन्दाले बेला–बेलामा डुवानको समस्या झेल्दैं आएका छन ।

स्थानीय सरकारले उचित ढल निकास लगायतका बिषयमा ध्यान नदिदाँ बर्षेनी आफूहरु डुवानको चपेटामा पर्दै आएको उनीहरुको आरोप छ ।