बैतडी : पापी आमा, जस्ले मकैबारीमा शिशु जन्माईन अनि घाँटी निमोठेर गरिन् हत्या

बैतडी : पापी आमा, जस्ले मकैबारीमा शिशु जन्माईन अनि घाँटी निमोठेर गरिन् हत्या

बैतडी । बैतडीमा अवैध सम्बन्धबाट शिशु जन्माएकी एक आमाले शिशुको हत्या गरेकी छन् । जिल्लाको डिलाशैनी गाउँपालिका-७ ढाँडकी ३५ वर्षीया माधवी कार्कीले आफ्नै नवजात शिशुको हत्या गरेकी हुन् ।

आइतबार बिहान घर नजिकैको मकैबारीमा शिशु जन्माएकी माधवीले सोही ठाउँमा केराको साप्रोले नवजात शिशुको घाँटी निमोठेर हत्या गरेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए ।

माधवीले नवजात शिशुको हत्या गरेपछि उनका ससुराले प्रहरीलाई जानकारी दिएका थिए । माधवी  प्रहरीको नियन्त्रणमा रहेकी र आज अदालतबाट म्याद थपेर अनुसन्धान सुरु हुने प्रहरी निरीक्षक शाहीले बताए । उनले भने,‘कर्तव्य ज्यान मुद्दामा माधवीमाथि अनुसन्धान सुरु हुन्छ । अनुसन्धानपछि हामी अदालतमा पेस गर्छौँ ।’ 

माधवीका श्रीमान वैदेशिक रोजगारमा गएका र उतै बेपत्ता रहेका प्रहरीले जनाएको छ । माधवीका १३ वर्षीय छोरा छन् । माधवी महिला स्वास्थ्य स्वयंसेविका समेत हुन् ।