सेती प्रयोगशालामा गरिएको परिक्षणमा थप ४४ जनामा कोरोना पुष्टि

सेती प्रयोगशालामा गरिएको परिक्षणमा थप ४४ जनामा कोरोना पुष्टि

धनगढी । मंगलबार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ४४ जनामा कोरोना  पुष्टि भएको  छ ।

पछिल्लो २४ घण्टामा प्रयोगशालामा १५७ नमूनाको परीक्षण गर्दा ४४ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

यस्तै ११३ जनाको रिपोर्ट निगेटिभ आएको छ । पछिल्लो २४ घण्टामा अस्पतालमा ४ जना अस्पतालमा भर्ना भएका छन् । भने ४ जना अस्पतालबाट डिस्चार्ज भएका छन् ।   हाल अस्पतालमा ११ जना संक्रमित उपचाररत छन्।