बझाङमा बालिकामाथि करणी गर्न खोजेको आरोपमा एक जना पक्राउ

बझाङमा बालिकामाथि करणी गर्न खोजेको आरोपमा एक जना पक्राउ

बझाङ । बझाङमा बालिकामाथि जबरजस्ती करणी गर्न खोजेको आरोपमा एक जना पक्राउ परेका छन् । गत शुक्रबार बेलुकी मष्टा गाउँपालिका-२ खिकला बस्ने वर्ष १९ का राजेन्द्र विकले सोही ठाउँकी १६ वर्षीय बालिकामाथि जबरजस्तीकरणीको प्रयास गरेका थिए ।

उनले ती बालिकालाई बाटोबाटै तानेर आफ्नै घरगोठभित्र लगेर जबरजस्ती करणीको प्रयास गरेको सूचना प्राप्तपछि प्रहरीले राजेन्द्रलाई शनिबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। 

पक्राउ परेका युवकमाथि जबरजस्ती करणी उद्योग शीर्षकमा मुद्दा दर्ता गरेर अदालतबाट ७ (सात) दिनको म्याद थप अनुमति लिई अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।