कैलालीमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध

कैलालीमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध

धनगढी । कैलालीमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरिएको छ । पूर्वपश्चिम राजमार्गअन्तरगत गौरीगंगा नगरपालिकाको राजीपुर खण्ड अवरुद्ध भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

कार्यालयका प्रहरी निरीक्षक गणेशराज उप्रेतीले घटनापछि राजमाार्ग अवरुद्ध भएको जानकारी दिए ।राजीपुरमा ग १ ख ६४४१ नम्बरको ट्रकले ठक्कर दिँदा गौरिगंगा नगरपालिका ४ का ४० वर्षीय मानसिहँ गुर्धामीको मृत्यु भएको थियो।

ट्रकको ठक्करबाट गुर्धामीको घटनास्थलमै मृत्यु भएको थियो। ट्रक र उदयपुर हर्जेनी गाँउपालिका–३ बस्ने ३८ वर्षका ट्रक चालक टेकराज खत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।