कैलालीकी एक कोरोना संक्रमित महिलाको बाँकेमा मृत्यु

कैलालीकी एक कोरोना संक्रमित महिलाको बाँकेमा मृत्यु

धनगढी । कैलालीकी एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।

कैलालीको भजनी नगरपालिका–५ की ५२ वर्षीया महिलाको उपचारको क्रममा सोमबार राति १० बजे मृत्यु भएको हो ।

उनको उपचारको क्रममा भेरी अस्पतालमा मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले बताए।